खेलकुद

ब्राजिलको प्रशिक्षक बन्ने भए कार्लो एन्सेलोटी

काठमाडौँ । कार्लो एन्सेलोटी ब्राजिल राष्ट्रिय फुटबल टिमको प्रशिक्षक बन्ने भएका छन् । हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका एन्सेलोटी २०२४ को जुनपछि ब्राजिलको राष्ट्रिय टिमको प्रशिक्षक बन्ने भएका हुन् ।

उनको रियल म्याड्रिडमा जुन, २०२४ सम्म सम्झौता रहेको छ । सो सम्झौता सकिएपछि उनले ब्राजिलको राष्ट्रिय टिमको नेतृत्व सम्हाल्न सहमत भएका छन् ।

रियल म्याड्रिडमा आफ्नो दोस्रो कार्यकालको अन्त्यमा रहेका एन्सेलोटी २०२१ देखि रहेका छन् । यस अघि उनले रियलमा २०१३ देखि २०१५ सम्म प्रशिक्षकको जिम्मेवारी निभाएका थिए ।

आफ्नो दोस्रो कार्यकालमा एन्सेलोटीले रियल म्याड्रिडलाई एक ला लिगा, एक च्याम्पियन्स लिग, एक फिफा क्लब विश्वकप , कोपा डेल रे, युइएफए सुपर कपको उपाधि जिताएका थिए ।

६४ बर्षिय एन्सेलोटीले यसअघि युभेन्टस, एसी मिलान, चेल्सी, पिएसजी, बायर्न म्युनिख, नापोली, एभर्टन जस्ता क्लबको प्रशिक्षकको जिम्मेवारी निभाएका छन् ।

उनले राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा भने पहिलो पटक जिम्मवारी लिन लागेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *