काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक अकाउन्ट ६ दिनपछि पुनः सञ्चालनमा आएको छ ।
‘हर्क साम्पाङ अ रिभोलुसन’ नामक फेसबुक आइडी गत वैशाख ३ गतेदेखि सर्च गर्दा नदेखिने गरी निलम्बनमा परेको थियो । सुरुमा ह्याक भएको आशंका गरिए पनि पछि रिपोर्टका आधारमा फेसबुकले आइडी निलम्बन गरेको खुलेको हो ।
६ दिनपछि आइडी पुनः सक्रिय भएपछि समर्थकहरूले राहत महसुस गरेका छन् । तर, कसले, किन र के उद्देश्यले रिपोर्ट गरेको हो भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन ।




