खेलकुद

नेपाललाई छैटौं झट्का, कुशल आउट

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफ अन्तर्गत अहिले नेपाल र युएईबीच खेल भैरहेको छ ।

प्लेअफको सेमिफाइनलका लागि यी दुई टिम जिम्बाबेको हरारे स्पोर्ट्स मैदानमा खेल्दै छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले दिएको १८२ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ । नेपालले छैटौं विकेट गुमाएको छ ।

कुशल भुर्तेल ३५ रन बनाएर आउट भए । उनलाई सन्जित शर्माले आउट गरेका हुन् ।

नेपाल र युएईबीच अहिलेसम्म १३ एकदिवसीय खेल भएको छ । जसमा नेपालले ७ र युएईले ६ खेल जितेका छन् ।

यस खेलको विजेताले सातौ स्थानको लागि आयरल्याण्डसँग खेल्ने छ ।

शुक्रबार भएको प्लेअफको पहिलो सेमिफाइनलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो ।

प्लेअफको फाइनल जित्ने देश सातौं स्थानमा हुने छ भने पराजित हुने टिम आठौ स्थानमा रहने छ । साथै सेमिफाइनलमा पराजित दुई देशले नवौं र दशौँ स्थानका लागि खेल्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *