राजनीति

बार्षिक उत्सव समारोहमा रास्वपा सभापतिले के–के भने ?

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङलाई रास्पामा जोडने कुरा गरेका छन् । रास्वपा गठन गरेको एक वर्ष पुगेको अवसरमा चियापान कार्यक्रममा बालेन र हर्कलाई पार्टीमा जोड्न पाए वेश हुने उनले बताएका हुन् ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले यी दुई स्वतन्त्र र देशका र जनताका लागि काम गर्ने व्यक्तिलाई रास्पामा जोड्न सके आगामी २०८४ को निर्वाचनलाई झन सहज हुने समेत बताए । बिहीबार बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकपछि पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षको अवधि सकारात्मक रहेको बताउदै उनले भने,‘ अब आम नागरिकसम्म पुग्नुपर्ने चुनौती छ । हाम्रा विचार, नीतिहरु हामी कुन ढंगले अगाडि बढ्दै छौं आम नागरिकलाई बुझाउनुपर्ने छ ।’

उपनिर्वाचनसम्म आइपुग्दा रास्वपाबारे आम नागरिकलाई थाहा भए पनि मतमा रुपान्तरण काम गर्नुपर्ने उनको भनाइ छ ।
रास्वपा सभापतिले पाटीको संख्या ठूलो बनाएर मात्र ठूलो नहुने बताउदैँ भने,‘ देशमा विकास र सकरात्मक परिवर्तन गर्नसक्ने योग्य नागरिकको खाँचो छ ।’ रास्पा पार्टी संगठनलाई परिणाम मुखी बनाउने ठूलो चुनौती भएको समेत लामिछानेले बताए ।

यस्तै भर्खरै गठनभएको दलहरुको मोर्चाबन्दीले रास्वपालाई कुनै असर नपर्ने पनि लामिछानेले उल्लेख गरे ।
उनले आँफूहरुमा आइपर्ने समस्या हलका लागि दलहरुले मोर्चा गठन गरेको बताउदैँ पाटी एकता हुनु सकरात्मक हुने बताए ।
जनताका मुद्धा सम्बोधनका लागि मोर्चा बनाउन सदनमै आग्रह गर्दा नमानेर आफ्नो अस्तित्व बचाउन कै लागि मोर्चा गठन गरेको सभापति लामिछानेले टिप्पणी गरे ।

यस्तै रास्वपाको निम्तोलाई स्वीकारेर बार्षिकोत्सव कार्यक्रममा उपस्थित भएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ०८४ को चुनावबाट नयाँ दलको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । रास्वपाद्धारा बिहिबार आयोजित चियापान कार्यक्रमा पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ एजेण्डा नयाँ विचार सहितका शक्ति÷पार्टी चाहिन्छ भनेर आफूले पहल गरेको बताउदैँ रास्पाको उपलब्धीप्रति खुशी व्यक्त गरे ।

रास्वपाले आयोजना गरेको चियापान कार्यक्रमा प्रमुख दलका शीर्ष नेताहरुले समेत सहभागिता जनाएका थिए । बालाजुस्थित कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायत नेताहरुले सहभागिता जनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *