खेलकुद

जिम्बाबेविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध २९१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जिम्बावेले ४५ रन जोड्दा पहिलो विकेट गुमाएको छ ।

सोमपाल कामीले विकेट लिएका हुन् ।

आठौं ओभरको अन्तिम बलमा सोमपालले जोयलर्ड गुम्बेलाई एलबीडब्लू धरापमा पारे । २९ बलमा ५ चौका प्रहार गरेका गुम्बे २५ रनमा आउट भए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *