मुख्य समाचार

बाढी पहिरोमा बेपत्ता भएकाको खोजी तीव्र गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न जिल्लामा गएको बाढी पहिरोका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् ।

बाढी–पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको र वेपत्ता भएको विवरण आएपछि उनले सामाजिक सञ्जालमार्फत वेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

ती जिल्लामा घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् । प्रधानमन्त्री प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आम जनसमुदायमा पनि अपिल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *