खेलकुद

अस्ट्रेलियाविरुद्ध भारतको खराब शुरुवात

काठमाडौँ । विश्व टेस्ट च्याम्पियन्सिपको फाइनलमा भारतले खराब शुरुवात गरेको छ ।

अस्ट्रेलियाले आफ्नो पहिलो इनिंगमा ४६९ रन बनाएर अलआउट भएपछि खेलको दोस्रो दिन भारतले आफ्नो पहिलो इनिंग शुरु गरेको थियो । तर दोस्रो दिनको खेल सकिदा भारतले आफ्ना प्रमुख ५ विकेट गुमाएर केवल १५१ रन मात्र बनाएको छ ।

भारतका लागि रविन्द्र जडेजाले सर्बाधिक ४८ रन बनाए भने विराट कोहली र चैतेश्वर पुजाराले १४-१४ रन, कप्तान रोहित शर्माले १५ र शुभमन गिलले १३ रन बनाए ।

त्यस्तै अहिले आजिख्य रहाने २९ रन बनाएर खेलिरहेका छन् भने उनलाई श्रीकर भरतले ५ रन बनाएर साथ दिइरहेका छन् ।

त्यसैगरी अस्ट्रेलियाका बलर मिचेल स्टार्क, पाट कमिंस, स्कट बोल्याण्ड, क्यामरुन ग्रीन र नाथन लियोनले एक एक विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *