समाचार

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

लखनउ । लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार ठूलो आगलागी भएको छ।

खबर पाएलगत्तै दमकलले आगो निभाउन घटनास्थल पुगेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले भवन निर्माणाधीन रहेकाले कुनै मानवीय क्षति नभएको बताएका छन् ।

घटनाको थप विवरणहरू सार्वजनिक हुन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *