खेलकुद

नेपालका कुशल भुर्तेल र भीम सार्की आउट, ११ ओभरमा ५४ रन

काठमाडौं । विश्वकप कप छनोटको तयारीस्वरुप स्कटल्यान्डसँगको अभ्यास खेलमा नेपालले ११ ओभर खेल्दा दुई विकेट गुमाएको छ । नेपालका ओपनर ब्याटसम्यान कुशल भुर्तेल र भीम सार्की आउट भएका हुन् ।

दक्षिण अफ्रिकाको टक्स ओभलमा भएको खेलमा स्कटल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । अहिले क्रिजमा आशीफ शेख र ज्ञानेन्द्र मल्ल छन् । नेपालले दुई विकेटको क्षतिमा ५४ रन जोडेको छ ।

जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताको तयारीका लागि नेपालले अभ्यास खेल खेल्न लागेको हो। नेपालले गत चैतमा सम्पन्न लिग–२ शृंखलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो।


जिम्बावेमा हुने छनोट प्रतियोगिता नेपालसहित आठ टिमको सहभागिता रहने छ। प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन्। प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *