देश

गृहमन्त्री प्रहरी निरीक्षक लामाको अन्त्येष्टिमा सहभागी

काठमाडौं।गृहमन्त्री सुधन गुरुङ प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टिमा सहभागी भएका छन्। उनले स्वयम्भू पुगेर दिवङ्गत प्रहरी निरीक्षक लामाप्रति श्रद्धाञ्जली अर्पण गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

अत्येष्टिमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत वरिष्ठ प्रहरी अधिकृत समेत सहभागी थिए। गत चैत २९ गते काठमाडौँको तारकेश्वर नगरपालिका–८ डाँडागाउँ सडक खण्डमा ‘ड्यिुटी’ सकेर घर फर्कने क्रममा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक लामाको उपचारका क्रममा यही वैशाख १ गते निधन भएको थियो ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ निवासी प्रहरी निरीक्षक लामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथअन्तर्गत कार्यरत थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *