खेलकुद

हिमालयनमाथि मछिन्द्रको शानदार जित

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले शानदार जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मछिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

मछिन्द्रको जितमा आफिज ओलावालेले दुई गोल गरे । विमल घर्ति मगरको नाममा एक गोल रह्यो । हिमालयनका पिस्टोन मुटुम्बाले एक गोल फर्काए ।

मछिन्द्रका लागि खेलको २६ औं मिनेटमा विमलले, खेलको ६८ औं र ७७ औं मिनेटमा ओलावाले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ८२ औं मिनेटमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

मछिन्द्रको यो ११ औं जित हो । जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *