खेलकुद

इटाली फिफा यू-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इटाली फिफा यू-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

अर्जेन्टिनामा जारी यू-२० विश्वकपको क्वाटरफाइनलमा इटालीले कोलोम्बियालाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

इटालीको जितमा कासाडेइ, बालडान्जी र एस्पोसिटोले एक एक गोल गरेका थिए ।

त्यस्तै कोलोम्बियाका लागि टोरेजले एक गोल फर्काएका थिए ।

अब इटालीले सेमिफाइनलमा दक्षिण कोरिया र नाइजेरियाबीचको विजेतासँग खेल्ने छ ।

त्यस्तै अर्को खेलमा इजरायलले ब्राजिललाई स्तब्ध पर्दै सेमिफैनालमा पुगेको छ । अब इजरायलले सेमिफाइनलमा अमेरिका र उरुग्वेबीचको विजेतासँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *