एजेन्सी । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच अग्निपथको विषयमा कुनै छलफल नभएको बताएका छन् । दुई देशका प्रधानमन्त्रीले हैदरावाद हाउसमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्वात्राले उक्त कुरा बताएका हुन् ।
विदेश मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा पत्रकारले अग्निपथको विषयमा प्रश्न उठाएपनि त्यस विषयमा नेपाल र भारतका प्रधानमन्त्रीले गरेको पत्रकार सम्मलेन अग्निपथका वारेमा कुनै कुरा नउठाएको उनको भनाइ छ । भारतले आफ्नो सैनिक सेवामा अग्निपथ लागू गरेपछि गोर्खा भर्ति हुन सकेको छैन ।




