खेलकुद

आर्मीमाथि जावलाखेलको शानदार जित

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेलले आर्मीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोअबीले गरेका हुन् । एनकोटोले खेलको ५५औं र ७८औं मिनेटआमा गोल गरेका थिए ।

यो जितपछि जावलाखेलको २३ खेलमा ३८ अंक भएको छ । जावलाखेलको एक खेल कम खेलेको चर्च ब्वाइजसँग अंक बराबर भएको छ ।

त्यसैगरी आर्मीको २३ खेलमा ३० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *