देश

निर्माण क्षेत्रमा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाइने

काठमाडौँ । सरकारले पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम हुने व्यवस्था मिलाउने भएको छ । आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निर्माण क्षेत्रमा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउने घोषणा गरेका हुन् ।

अहिले केही ठूला आयोजनाबाहेक अन्यमा दुई सिफ्टमा काम हुने गरेको छैन । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा भने अहिले दुई सिफ्टमै काम हुँदै आए पनि अन्य आयोजनामा यसरी कमै काम हुने गरेको छ ।

साथै पूर्व–पश्चिम राजमार्गलाई स्तरन्नोति गर्ने कार्यलाई निरन्तरता दिइने र महाकाली, कर्णाली लगायतका करिडोर निर्माणलाई प्राथमिकतामा राखिने र निर्माणधिन काठमाडौं–तराई /मधेश द्रुतमार्गको काम २०८३ सालभित्र सम्पन्न गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *