देश

हेटौंडा कपडा उद्योग र गोरखकाली टायर सञ्चालनमा ल्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले हेटौँडा कपडा उद्योग र गोरखकाली टायर कारखाना ल्याउने बताएको छ ।

शुक्रबार संघीय सदनमा प्रस्तुत सरकाको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको हो । त्यस्तै बुटवल धागो उद्योग पनि सञ्चालनमा ल्याउने नीति कार्यक्रममा उल्लेख छ ।

लामो समयदेखि बन्द रहेका उद्योग खारेजी सञ्चालनमा एकीकरणमा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने सरकारले बताएको छ ।

साथै औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनका लागि विदेशी कुटनीतिक नियोगको सक्रियता बढाइने समेत बताएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *