काठमाडौं । सरकारले रासायनिक मल समयमै उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो प्रतिबद्धता गरेका हुन् ।
मल उत्पादन गर्न कारखाना नेपालमै खोल्न पञ्चवर्षीय योजना अघि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्थानीय तहमा जैविक मल उत्पादन गर्ने कार्यलाई पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
त्यस्तै चिया, अलैंची र अदुवाजस्ता वस्तु उत्पादनमा र निर्यात गर्न सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।




