समाचार

रास्वपा सांसद सुमना श्रेष्ठले दर्ता गरिन् भुटानी शरणार्थी प्रकरणमा संकल्प प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले भुटानी शरणार्थी प्रकरणबारे संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेकी छिन् ।

सोमबार दर्ता भएको संकल्प प्रस्तावमा प्रकरणमा भ्रष्टाचार, संगठित अपराध र राष्ट्रद्रोहको मुद्दामा निश्पक्ष र प्रभावकारी अनुसन्धान गर्न संसदले सरकारलाई निर्देशन दिनुपर्ने उल्लेख छ ।

प्रहरीले सार्वजनिक पद र अख्तियारको दुरुपयोग गरी गरेको अपराधका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखेर पठाउनुपर्ने समेत संकल्प प्रस्तावमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *