देश

सडकको काम रोक्न माग गर्दै हाइटेन्सन पोलमा चढे युवक

विराटनगर । मोरङको बुढिगङ्गा गाउँपालिकामा सडकको रिटेनिङ वालको काम रोक्न माग गर्दै एक युवक बिजुलीको हाइटेन्सन लाइनको पोलमा चढेका छन्।

वडा नं. ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा चढेका हुन् ।

उनले गुणस्तरहीन काम रोक्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।

बिहान पोलमा चढेका उनलाई ओराल्ने प्रयास भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *