राजनीति

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल एमालेको सचिवालय बैठक आज बस्दैछ ।

पार्टी मुख्यालय ललितपुरको च्यासलमा दिउँसो २ बजे बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सचिवालय बैठकले आसन्न केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नुका साथै समयसायिक विषयमा छलफल गर्ने छ । नेता रिमालले भने, ‘मुख्यतः केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको हो । यसका साथै समसायिक विषयमा पनि छलफल हुन्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी, सल्लाहकार परिषद् सदस्य इन्द्रजित राई मुछिएका छन् । राई पक्राउ परिसकेका छन् भने रायमाझी फरार छन् ।

शरणार्थी प्रकरणमा सत्ता पक्षले एमालेविरुद्ध निसाना साधेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाइसकेका छन् । तर भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुले समेत प्रश्न उठाइरहेको अवस्थामा सचिवालय बैठक बस्न लागेको हो ।

एमालेको केन्द्रीय कमिटी बैठक यही वैशाख २८ देखि ३० गतेसम्म काठमाडौंमा बस्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *