काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मातहतका ५ वटै महाशाखाका कर्मचारीलाई सो निर्देशन दिएका हुन् ।
वर्षको बजेटमा सरकार जुटेको समयमा विपन्न नागरिकहरुको स्वास्थ्य सेवा पाउने ग्यारेण्टी गर्ने आधारमा बजेटको विनियोजन गर्न मन्त्री बस्नेतले निर्देशन दिएका हुन । जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नका लागि कर्मचारी पुर्ण रुपमा जिम्मेवार हुन्पर्ने बताएका छन् ।
सूर्तिजन्य पदार्थमा दरको दायरा बढाएर भए पनि विपन्न जनतालाई स्वास्थ्य उपचार दिनुपर्नेमा उनको जोड रहेको छ । उनले भने, ‘सूर्तिजन्य पदार्थमा कर बढाऔं र त्यसबाट संकलन भएको रकम वीर अस्पताल लगायतका विपन्नको उपचार हुने अस्पताललाई अनुदान प्रदान गरौँ । ’




