राजनीति

नक्कली मतपत्रसहित जसपाका नेता रामसागर यादव पक्राउ

बारा । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।

बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *