खेलकुद

नेपालले पाँचौ विकेट गुमायो, आरिफ आउट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले ओमानविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।

यसैक्रममा नेपालले पाँचौं विकेट गुमाएको छ । ब्याट्सम्यान आरिफ शेख २९ रन बनाएर आउट भएका छन् ।

यसअघि ब्याट्सम्यान भीम सार्की ३३ र कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भएका थिए भने दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेख शुन्यमा आउट भएका थिए ।

अहिले कुशल मल्ल ५९ रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ दिन दिपेन्द्र सिंह ऐरी आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *