समाचार

माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट तत्काल बाहिरिदैँन : नेता इन्द्रबहादुर आङ्बो

काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारबाट तत्काल नबाहिरिने भएको छ । गण्डकी प्रदेशमा एमाले नेतृत्वमा रहेको माओवादी केन्द्र बाहिरिएको छ ।

संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारबाट आफ्ना मन्त्रीहरू तत्काल फिर्ता नहुने उल्लेख गरेका छन् ।

‘ अन्य प्रदेशको तुलनमा कोशि प्रदेशको सत्ता समिकरण फरक भएकाले नबाहिरिने उनको भनाइ छ ।
केन्द्रको गठबन्धनले कोशी प्रदेशको समीकरणको बारेमा सामान्य चासो र जानकारी लिए पनि ठोस रूपमा कसरी अगाडि जाने भन्ने बारेमा कुनै निर्देशन नभएको बताए ।

उनले अहिले हिक्मत कार्कीको नेतृत्वको सरकारसँग आरामदायी बहुमत रहेको कारण काँग्रेसलगायतका दललाई समेटेर सर्वदलीय सरकार बनाउनु पर्ने आवश्यकता पनि नभएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *