काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको आजको खेलमा युएईले नेपालले दिएको २३० रनको लक्ष्य पछ्याइरहेको छ ।
यसैबीच नेपालले दोस्रो विकेट लिएको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ५० रन बनाएर खेलिरहेका युएईका आर्यन लाक्रालाई आउट गरेका हुन् । यस अघि सोमपाल कामीले पहिलो विकेट लिएका थिए ।
यो समाचार तयार गरुन्जेल युएईले २३.४ ओभरमा २ विकेट गुमाएर ९४ रन बनाएको छ ।




