समाचार

राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता पौडेलको जित सुनिश्चितः अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले हालै राजनीतिमा आएको परिवर्तनले देशमा नयाँ राजनीति कोर्स शुरु भएको बताएका छन् ।

आज सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले राजनीतिको कोर्स नै बद्लिँदा अब देश तथा पार्टीका लागि थप चुनौती बढेको समेत बताए । नयाँ आठ दलको समर्थनसहित राष्ट्रपति पदका लागि उम्मेदवार बन्नु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको बताउँदै उनले चुनौतीको सामना गर्नका लागि पार्टी एक ढिक्का भएर अगाडि बढिसकेको बताए ।

अध्यक्ष नेपालले नयाँ अवस्था सिर्जना भएर आठ दलको समर्थन कांग्रेसका उम्मेदवारको पक्षमा भएकाले राष्ट्रपति पदमा अपेक्षित परिणाम आउन लागेको दावी गरे ।

स्थानीय, प्रदेश तथा सङ्घीय चुनाव हुनुभन्दा केही समय अगाडि मात्र पार्टीको निर्माण भएकाले अपेक्षाअनुसार परिणाम नआएको बताउँदै उनले एकमहिने पार्टी सुदृढीकरणले पार्टीको सङ्गठन सुधार र मजबुत बनाउने अभियानमा आफु अहिले जुटेको उनको भनाइ थियो । उनले हालै बनेको नयाँ आठ दलिय गठबन्धननै आउँदो ५ वर्षसम्म ढुक्कले चल्ने दावी समेत गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *