काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले आज (सोमबार) मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९–२७ सम्म भएको नेपाली टी-२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
ती मध्ये ३ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने २ जना फरार रहेका छन् । फरार हुनेमा रवि माझी र नविन कँडेल छन् । उनीहरुलाई पक्राउका लागी प्रहरीले खोजी जारी राखेको छ ।




