काठमाडौं । यातायात मजदुरको आन्दोलनका कारण अपरान्हदेखि काठमाडौंको गोंगबु बसपार्क र माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ ।
सावारी संचालनका क्रम्मा बाटो मिच्दा ट्राफिक प्रहरीले लिने जरिवाना पहिलो पटकमै १५ सय बनाएपछि यातायात मजदुरहरुले बसपार्क र माछापोखरी क्षेत्रमा सडकमै गाडी गाडी पार्कीङ गरेर सडक अवरुद्ध पारेका छन । अहिले सम्म प्रहरी र आन्दोलनकारी बीच ठूलो झडप परेको छ । आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यान र माछापोखरी स्थित प्रहरीको अस्थायी विटमा समेत आगो लगाएर जलाएका छन भने दर्जनौँ घाइते भएका छन् । आन्दोलनका कारण अहिले यात्रुहरु अलपत्र अवस्थामा परेका छन भने उनीहरुले सडकको बाटो काट्दा समेत हात माथि उठाएर बाटो काट्नुपर्ने अवस्था सिर्जना भएपछि उनीहरुले हात उठाएर बाटो काटिरहेका छन् ।




