समाचार

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाँदै

काठमाडौं । नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती भारतको बैंग्लोरमा हुन लागेको ‘एयर एक्जिविसन’मा सहभागि हुने भएका छन् । ‘एरो इण्डिया–२०२३’ मा सहभागी हुन उप्रेतीसहितको टोलीले आइतबार भारततर्फ प्रस्थान गर्ने तयारी रहेको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता सह–सचिव प्रकाश पौडेलका अनुसार भारतका रक्षामन्त्री राजनाथ सिंहको निमन्त्रणमा उप्रेतीसहितको टोलीले भारत भ्रमणमा जाने तयारी भएको बताए ।

बैंग्लौरस्थित सैनिक हवाई अड्डामा ‘एरो इण्डिया २०२३’ आयोजना गरेर भारतले हवाई प्रतिरक्षा क्षमता प्रदर्शन गर्ने भएको छ सोे कार्यक्रम सोमबारदेखि निरन्तर पाँच दिन सम्म निरन्तर चल्ने भएको छ । सो कार्यक्रममा अन्य मुलुकका हवाई प्रतिरक्षाका अधिकारी, रक्षा मन्त्रालयका कर्मचारी, उड्डयान सामग्री उत्पादन कम्पनी, प्रविधिविज्ञहरुको समेत सहभागिता रहने भएको छ ।
, नेपालको तर्फबाट रक्षामन्त्री उप्रेती स्वयम् उपस्थित हुने भएका छन् ।

सेनाको नेतृत्व गर्दै आएका प्रधानसेनापति प्रभुराम शर्मा सहभागि नहुने बताइएको छ । रक्षामन्त्री भारत जाने भएपछि जंगीअड्डाले बलाधिकृत रथी सरोजप्रताप राणालाई पठाउने निर्णय गरेको छ । राणा प्रधानसेनापतिपछि दोस्रो वरियताका सैन्य अधिकारी हुन् ।

यो कार्यक्रम १९९६ बाट सुरु हुँदै आएकाले एसियाको सबैभन्दा ठूलो हवाई प्रदर्शनीको नामले चिनिदैँ आएको छ । १३ औं संस्करणसम्म यो कार्यक्रम भइसकेको छ । कुनै पनि कार्यक्रममा नेपालका प्रधानसेनापति सहभागी नभएको उच्च सैनिक स्रोतले जनाएको छ ।

यो पटक भन्दा अगाडीको संस्करणमा सैनिक हवाई निर्देशनालयबाट टोली जाने गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *