काठमाडौं । युएसएआइडीकी प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई बिस्तार गर्न चाहेको बताएकी छन् ।
दुई दिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आएकी उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउन अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको बताइन् ।
उनले नेपालमा गर्दै आएको सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नभएको समेत बताइन् । उनले नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रूपमा नबुझ्न आग्रह समेत गरिन् ।




