समाचार

रुसद्वारा एकतर्फी युद्धविराम घोषणा

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि जारी आक्रमण रोक्न निर्देशन दिएका छन् ।

उनले आगामी ३६ घण्टा कुनै प्रकारको हमला नगर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका हुन् । रुसी राष्ट्रपति पुटिनले अल्पकालीन युद्धविरामको घोषणा गरेका हुन् ।

शुक्रबार मध्याह्न १२ बजेदेखि शनिबार राति १२ बजेसम्म रुसी सेनाले युक्रेनमाथि आक्रमण गर्ने छैन । रुसी ईसाई धर्मगुरु किरिलको अपिलका आधारमा राष्ट्रपति पुटिनले अर्थोडक्स क्रिसमस पर्वका अवसरमा अस्थायी युद्धविराम घोषणा गरेका हुन् ।

अर्थोडक्स क्रिसमस रुस, ग्रीस, इथियोपिया, इजिप्ट लगायत पूर्वी युरोपका देशमा मनाइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *