काठमाडौं । महाकालीको बहाव नेपालतर्फ फर्काएर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा गृह मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।
गृह मन्त्रालयले परराष्ट्रलाई पत्र लेख्दै नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुर्याउने भन्दै कुटनीतिक नोट पठाउन आग्रह गरेको बताइएको छ ।
पटक–पटक सीमा क्षेत्रमा यस्ता घटना दोहोरिरहेको उल्लेख गर्दै गृहले कूटनीतिक रूपमा पहल गरी समस्याको दीर्घकालीन समाधान खोज्न पनि परराष्ट्र मन्त्रालयसमक्ष आग्रह गरेको छ ।




