निर्वाचन-२०७९

निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक सोमबार दिउँसो ३ बजेका लागि तय

काठमाडौं । सत्ता गठबन्धनको पहिलो बैठक निर्वाचनपछि पहिलो पटक आह्वान भएको छ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको हो । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिए ।

गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल समेत हुन बताइएको छ । मंसिर ४ गते सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *