काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधि सभा तथा प्रदेश सभातर्फका उम्मेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने जानकारी दिएको हो ।




