समाचार

पश्चिम नेपालमा फेरी शक्तिशाली भूकम्प

काठमाडौं । बझाङको पातालदेव केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पाको धक्का कर्णाली, सुदूरपश्चिमका विभिन्न जिल्लामा महशुश गरिएको थियो । यसअघि गत २२ गते डोटी केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

आजको भूकम्पको क्षतिबारे भने विवरण सार्वजनिक भइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *