समाचार

युएईसँगको सिरिजका लागि नेपाली टीमको घोषणा

काठमाडौं । आगामी नोभेम्बर १४ देखि काठमाडौंमा हुने युएई विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका नेपाली टिम घोषणा भएको छ ।

नेपाल क्रिकेट संघले शुक्रबार रोहित कुमार पौडेलको कप्तानीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

केन्या भ्रमणको टोलीमा रहेका सन्दीप लामिछाने, देव खनाल, पवन सर्राफ, साहव आलम, किशोर महतो, विवेक यादव र वसिर अहमद टिमबाट बाहिरिएका छन् ।

नेपालले युएईसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । पहिलो एकदिवसीय कात्तिक २८ मा हुनेछ। यस्तै दोस्रो एकदिवसीय कात्तिक ३० र अन्तिम तथा तेस्रो एकदिवसीय मंसिर २ गते हुनेछ।

नेपाली टीम
रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भिम सार्की, कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदील आलम, अर्जुन साउद, गुलसन झा ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *