काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बागी उमेदवारीको नाम हटाउने निर्णय गरेको छ । कांग्रेसले आधिकारीक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवार विरुद्ध उमेदवारी दिएका उम्मेदवारको प्रस्तावक वा समर्थकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि सदस्या समेत नरहने गरी अभिलेखबाट हटाउने निर्णय गरेको हो । वागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावलीहरु समेत अभिलेखबाट हटाइने कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेसले त्यस्ता व्यक्तिहरुको नाम तत्काल केन्द्रीय अनुशासन समितिमा पठाउन सकेत निर्देशन गरेको छ ।
अभिलेखबाट हटाउनुपर्ने व्यक्तिहरुको नाम यस्तो छ विज्ञप्तीसहित :






