काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको ६ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गरे । विदाईअघि उनलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड गएकी हुन् । आइसल्याण्डमा उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।




