निर्वाचन-२०७९

निर्वाचन विथोलिने गतिविधि हुन नदिन आयोग सचेत रहेको प्रमुख आयुक्त थपलियाको दावी

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिएका छन् ।

आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताए ।

आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उनले निर्वाचन आचारसंहिता परिपालनामा सबैमा जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *