काठमाडौं । काठमाडौं महानगरपालिकाले गाईजात्रा पर्वका दिनमा फोहर नदेखाउनका लागि कोर–सिटीको फोहोर बिहीबार रातिदेखि नै उठाएर टेकुमा राख्ने भएको छ।
फोहोर व्यवस्थापन समिति बैठकले बिहिबार रातिदेखि नै फोहोर उठाउने निर्णय गरेको हो । शुक्रबार गाइजात्रा पर्व मनाइदैछ । त्यसैलाई लक्षित गरेर महानगरपालिकाले कोर शहरी क्षेत्रको फोहोर उठाउन लागेको हो ।
महानगरपालिकाले शुक्रबार नुवाकोटका स्थानीयसँग हुने वार्ता सफल भए फोहोर सिसडोल लैजान थाल्ने समेत बताएको छ ।
बिहिबारको कार्यपालिका बैठकमा वडाध्यक्षहरूले शुक्रबारको गाईजात्रा र आगामी दिनमा हुने अन्य सांस्कृतिक पर्वहरूलाई ध्यानमा राखेर भएपनि फोहोर व्यवस्थापन गर्न सुझाव दिएका थिए ।




