समाचार

नख्खु कारागारमा कैदीबन्दीहरुबीच झडप

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ ।

नख्खु कारागारमा कार्यरत प्रहरी निरीक्षक पुरुषोतम थपलियाका अनुसार कारागारको नयाँ ब्लकमा कैदीबन्दीहरुले नारा लगाएसँगै झडपको स्थिति सिर्जना भएको हो ।

झडपमा दर्जनभन्दा बढी कैदीहरु घाइते भएको र झडपलाई नियन्त्रणमा लिने प्रयास भैरहेको छ । तर, झडपको कारण भने खुल्न सकेको छैन । यसबारे कारागारका अधिकारीहरु छलफलमा रहेको थपलियाले बताए ।

थप विवरण आउन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *