काठमाडौँ । नर्भिक इन्टरनेसनल अस्पतालले नियमविपरीत बनाएका टहरा भत्काउन मेयर बालेन शाह थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।
महानगरअन्तर्गतको सहरी व्यवस्था विभागले २४ घण्टे ‘अल्टिमेटम’अनुसार नियमविपरीतका टहरा भत्काउन मेयर शाहकाे टाेली नर्भिक पुगेकाे हाे ।
अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको महानगरले जनाएको छ ।
बालेनले अस्पताल प्रशासनलाई उक्त टहराबाट सामान हटाउन आग्रह गर्दा कर्मचारी आक्रोशित भएका छन् ।




