राजनीति

विचार नमिल्नेसँग तालमेल हुँदैन : नेम्वाङ

पाँचथर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा विचार नमिल्ने दल वा समूहसँग तालमेल नगर्ने बताएका छन् ।

आज (मंगलबार) पाँचथरको फिदिममा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्वाङले चुनावी तालमेलका लागि अहिलेसम्म कसैसँग कुराकानी नभएको बताएका हुन् । ‘एमाले मजबुत र शक्तिशाली रहेकाले हामीविरुद्ध सत्तारुढ दलहरूले गठबन्धन गरेका छन्, उनीहरूविरुद्व एक्लै चुनाव लड्ने हाम्रो तयारी छ, जसलाई जनताले अनुमोदन गनेमा हामी ढुक्क छौँ,’ उनले भने ।

नेम्वाङले गठबन्धन सरकार महँगी नियन्त्रण,आर्थिक सूचक सुधार र नागरिक उत्तरदायित्वमा पटक-पटक चुकेको आरोप पनि लगाएका छन् । ‘दूषित गठबन्धन चुनाव गर्ने मनस्थितिमा पनि थिएन, एमालेको दबाबसँगै निर्वाचन आयोगले पटक-पटक दबाब दिएपछि मिति घोषणा गर्‍यो, सरकारका कमजोरीसँगै एमाले नेतृत्वको सरकारका पालामा भए गरेका राम्रा कामलाई एजेण्डा बनाएर जनतामाझ गएर बहुमत ल्याउछौँ,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *