राजनीति

विष्णु पौडेलले दिए एमालेलाई हनुमानको संज्ञा

काठमाडौं । काठमाडौं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले हनुमानजस्तो पार्टी भएको बताएका छन । आज ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन ।

उनले भने, ‘एमाले हनुमानजस्तो भैसक्यो । जडिबुटी ल्याएर आउनुस् भन्दा पहाड बोकेर आउँछ । तर पहाड बोकेको थाहा पाउँदैन । त्यस्तो भएको छ एमाले । ’ कटुता, वैमनस्यता हटाउँदै गतिशील बनाउँदै बलियो र व्यवस्थित पार्टी निर्माण गर्नुपर्छ ।’ उनले गठबन्धन मात्रै होइन महागठबन्धन भयो भनेपनि परास्त गर्ने जनमत निर्माण गर्नसक्ने तागत एमालेसँग रहेको बताए ।

मुलुकका ५ प्रकारका अरु शक्तिमध्ये ३ प्रकारका शक्तिहरु एक ठाउँ आएर एमालेविरुद्ध लागेको उनले बताए । ‘नेपालको सवैभन्दा बलियो राष्ट्रिय शक्ति भएकाले यसलाई एक्लै जित्न नसक्ने भएकाले मुलुकमा भएका ५ प्रकारका प्रवृतिहरुमध्ये ३ प्रकारका प्रवृति एक ठाउँमा उभिएको उनले दावी गरे । एकातिर एमाले अर्कोतिर गठबन्धन यो अहिलेको राष्ट्रिय राजनीतिको शक्ति सन्तुलन हो’ पौडेलले बताए ।

एमालेका नेता कार्यकर्ता र सदस्यलाई आफ्नो ताकत बुझाउनुपर्ने भएको भन्दै गतिशील पार्टी बनाउन जरुरी रहेको उनको भनाइ छ । . एमाले आउने निर्वाचनमा सवैभन्दा ठूलो पार्टीका रुपमा निर्वाचित हुने दावी उनले गरेका छन ।

कमेन्ट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *