काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरूको बैठक बोलाएका छन् । आज (मंगलबार) दिउँसो बस्ने गरी मन्त्री र सचिवहरूसहितको बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री देउवाले सरकारका विभिन्न काम-कारबाहीका विषयमा निर्देशन दिने बताइएको छ ।
‘प्रधानमन्त्रीले आज सचिवहरूसहितको बैठक बोलाउनु भएको छ । सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनावको मिति घोषणा गर्ने तयारी त गरिरहेको छ, मिति घोषणा गर्ने खालको बैठक होइन’, एक मन्त्रीले सुनाए ।




