समाचार

निर्वाचनसम्बन्धी कानुन संविधानसम्मत बनाउन संसद‍्मा सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं।आगामी निर्वाचनमा समानुपातिक समावेशी उम्मेदवार छनोट गर्नुपर्ने माग राख्दै प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।

सोमबार १२ जना महिला सांसदले प्रतिनिधिसभाको कार्यव्यवस्था शाखामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिनका लागि प्रस्तावमा माग गरिएको छ।

प्रतिनिधिसभा सदस्य अमृता थापा मगर प्रस्तावक रहेको प्रस्तावको समर्थकमा लक्ष्मी परियार, लक्ष्मीकुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई छन्।

संघीय संसद् प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वबमोजिम महिला उम्मेदवारी दिनुपर्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *