समाचार

जनार्दनले सफाइ पाएको छानविन प्रतिवेदनमा एमालेको नौ पृष्ठको फरक मत

काठमाडौं । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा एमालेका सांसदले नौ पृष्ठको फरक मत उल्लेख गरेका छन् । अर्थमन्त्रीले अनधिकृत व्यक्तिले बजेटमा करको दर हेरफेर गराएको आरोप लागेपछि एमालेले संसदीय विशेष छानबिन समिति गठन गर्न माग गरेको थियो ।

समितिले १७ दिन लगाएर तयार पारेको प्रतिवेदनमा समितिमा रहेका एमाले सांसदहरूले नौ पृष्ठको फरक मत लेखेका हुन् ।
एमाले सांसदको फरक मत रहे पनि समितिका बहुमत पक्षले बजेट निर्माणको अन्तिम रात अनधिकृत व्यक्तिको प्रवेश पुष्टि नभएकाले बजेटमा करको दर हेरफेर गरेको आरोप पुष्टि नभएको निष्कर्ष निकालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *