समाचार

खोटाङको एम अधिकारीको खोजि भईरहेको छ : ओली

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् ।

एमालेले आफ्नो अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको ओलीले बताए ।

एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले भने, ‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् । केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको छ कहिले पनि सुनिएन नि त ?’

राज्यका अरु निकायमा पनि कांग्रेस कार्यकर्ता रहेको भन्दै ओलीले उनीहरुले राजीनामा दिएको नसुनिएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *