समाचार

जनार्दन शर्मा प्रकरण- आज पनि छानविन समितिको बैठक बस्दै

काठमाडौं । बजेट निमार्णमा अनधिकृत ब्यक्तिलाई प्रवेश गराएको भन्दै गठित संसदीय छानविन समितिको बैठक आज पनि बस्दैछ ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागे पछि संसदीय छानविन समितिले अनुसन्धान सुरु गरेको हो ।

हिजो निवर्तमान अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घन्टा सोधपुछ गरेको थियो । साथै उक्त समितिले यसअघि मन्त्रालयको कर्मचारी र पत्रकारसंग पनि छोधपुछ तथा छलफल गरेको थियो । समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको छ ।

जेठ १४ को सिसिटिभी फुटेज माग्दा असारको दिए पछि थप शंकास्पद बनेको उक्त घटनाको हार्ड डिस्क नै मगाएर समितिले छानविन गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *