समाचार

उपेन्द्रले आफै संसदीय बोर्डको अध्यक्ष बन्ने प्रस्ताव ल्याएपछि चर्काचर्की

काठमाडौं । विभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय समितिको बैठक वीरगन्जमा जारी छ ।

मंगलबारबाट जारी बैठकमा अध्यक्ष उपेन्द्र यादवाबाट प्रस्तुत १० वटा एजेण्डाहरुमा छलफल चलिरहेको छ । अध्यक्षबाट प्रस्तुत एजेण्डाको २ नम्बरमा ‘संसदीय बोर्ड गठन’सम्बन्धी प्रस्ताव रहेको छ ।

अध्यक्ष यादवले उक्त एजेण्डामार्फत पार्टीका अध्यक्ष स्वतः बोर्डको अध्यक्ष हुने प्रस्ताव गरेका छन् । अध्यक्ष स्वतः बोर्डको अध्यक्ष हुने प्रस्ताव आएसँगै बैठकमा चर्काचर्की भएको छ ।

एकपछि अर्को गर्दै अध्यक्षले पावर आफूमा केन्द्रित गर्नेगरी प्रस्ताव ल्याएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेका छन् । अध्यक्षको प्रस्तावमा अन्य सदस्यहरुले विरोध गरेपछि यादवनिकट केन्द्रीय सदस्यहरुले बचाउ गरेपछि चर्काकचर्की भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *